Online Bible

- Advertisements -




यर्मिया 44:12 - पवित्र बाइबल

12 यहूदामा केही बाँचेकाहरू जसले मिश्रमा जाने र बस्ने निर्णय लिएका छन् तिनीहरू सबै मिश्रमा मर्नेछन्। तिनीहरू साना देखि ठूला तिनीहरू स्तरका सबै तरवार र अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास, हाँसो अनि अपमानको पात्र हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 मिश्रदेशमा गएर बस्‍न निश्‍चय गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट गर्नेछु। मिश्रदेशमा नै तिनीहरू सबैको पतन हुनेछ। तरवार वा अनिकालले तिनीहरू नष्‍ट हुनेछन्‌। सानोदेखि लिएर ठूलोसम्‍म सबै मानिसहरू तरवार र अनिकालद्वारा मर्नेछन्‌। तिनीहरू सराप र त्रास, अपराध र निन्‍दाका पात्र बनिनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 यहूदामा छोडिएका बाँकी मानिसहरू, जसले मिश्रमा गई बसोबास गर्ने पक्‍का इच्‍छा गरेका छन्, तिनीहरूचाहिँ सबै नाश हुनेछन्। तिनीहरू ठूला-साना सबै मिश्रमा मर्नेछन्, अनिकाल कि लडाइँमा मर्नेछन्। तिनीहरूलाई हेर्दा तिनीहरूको दशा डरलाग्‍दो देखिनेछ। तिनीहरूलाई गिल्‍ला र घृणा गरिनेछ। अनि तिनीहरूको नाम सरापको रूपमा प्रयोग गरिनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 इजिप्टमा गएर त्यहीँ बसोबास गर्ने निश्‍चय गरेका यहूदाका बाँकी रहेका मानिसहरू सबैलाई म नष्‍ट गर्नेछु। तिनीहरू सबै इजिप्टमा नष्‍ट हुनेछन्; तिनीहरू तरवारद्वारा ढल्नेछन् अथवा अनिकालले मर्नेछन्। सानादेखि लिएर ठूलासम्मका सबै मानिसहरू तरवार अथवा अनिकालले मर्नेछन्। तिनीहरू श्राप, त्रास र निन्दाको पात्र हुनेछन्।

See the chapter Copy




यर्मिया 44:12

Follow us:

Advertisements


Advertisements