Online Bible

- Advertisements -




यर्मिया 41:16 - पवित्र बाइबल

16 यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तब अहीकामका छोरा गदल्‍याहलाई मारेपछि नतन्‍याहको छोरो इश्‍माएलले गिबोनबाट ल्‍याएका बाँचेकाहरूलाई— सिपाहीहरू, स्‍त्रीहरू, केटाकेटीहरू र महलका अधिकृतहरूलाई कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले लगेर गए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 अनि गदल्‍याहको हत्‍यापछि मिस्‍पाबाट कैद गरी इश्‍माएलले लगेका सिपाहीहरू, स्‍त्रीहरू र केटाकेटीहरू र नपुंसकहरू सबैका जिम्‍मा योहानान र उनीसित भएका फौजका कप्‍तानहरूले लिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले मिस्पाबाट बाँचेर आएका सबै मानिसहरूलाई फर्काएर लगे, जसलाई नतन्याहका छोरा इश्माएलले गदल्याहलाई मारेपछि बन्दी बनाएका थिए। इश्माएलबाट योहानानले तिनीहरूलाई छुटाएर ल्याएका थिए। ती मानिसहरू यिनै थिए: सेनाहरू र अहीकामले गिबोनबाट ल्याएका स्त्रीहरू, केटाकेटीहरू र अदालतका अधिकारीहरू।

See the chapter Copy




यर्मिया 41:16

Follow us:

Advertisements


Advertisements