यर्मिया 40:4 - पवित्र बाइबल4 तर अब म तिमीलाई मुक्त गरिदिनेछु। म तिमीलाई साङ्गलाबाट मुक्त पार्छु। यदि तिमी इच्छा गर्छौ भने म सँग बाबेलतिर जाऊँ, म तिम्रो राम्रो रेख-देख गर्ने छु। तर यदि तिमी मसँग आउनँ चाहँदैनौ भनें नआऊ। हेर, सारा देश नै तिम्रो सम्मुख छ अनि तिमी जहाँ जान चाहन्छौ त्यहाँ जाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर आज तिम्रा हातको साङ्लाबाट म तिमीलाई मुक्त गरिदिँदैछु। यदि मसित बेबिलोनमा आउन तिमीलाई असल लाग्यो भने आऊ। म तिम्रो हेरचाह गर्नेछु। तर यदि तिमीलाई मसित बेबिलोनमा आउन ठीक लागेन भने नआऊ। हेर, यो सारा देश तिम्रो सामुन्ने छ। तिमीलाई जहाँ जान मन लाग्छ, त्यहीँ जाऊ।” See the chapterसरल नेपाली पवित्र बाइबल4 अब म तिम्रा हातबाट साङ्ला फुकालेर तिमीलाई छोडिदिंदै छु। तिमी मसित बेबिलोनमा जान चाहन्छौ भने हिंड, म तिम्रो रेखदेख गर्नेछु। तर जान चाहन्नौ भने तिमीलाई कर छैन। सारा देश तिम्रो सामुन्ने छ, तिमीलाई जहाँ जान मन लाग्छ, त्यहाँ जान सक्छौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर आज म तपाईंलाई तपाईंका हातको साङ्लाबाट मुक्त गरिदिँदैछु। यदि तपाईंलाई इच्छा लाग्यो भने मसँग बेबिलोनमा आउनुहोस्, र म तपाईंको हेरचाह गर्नेछु; तर यदि तपाईं आउन चाहनुहुन्न भने नआउनुहोला। हेर्नुहोस्, सारा देश तपाईंको सामु छ, तपाईंलाई जहाँ जान ठिक लाग्छ, त्यहीँ जानुहोस्।” See the chapter |