यर्मिया 40:15 - पवित्र बाइबल15 तब कारेहका छोरो योहानानले गुप्त रूपमा मिस्पामा गदल्याहलाई भेटे अनि उनलाई भने, “नतन्याहको छोरो इश्माएललाई मार्न। कसैले पनि यस बारेमा केही पनि जान्दैनन्। तपाईंलाई मार्न उसलाई स्वतन्त्रता दिनु हुँदैन। यदि यस्तो भयो भेन यहूदाका मानिसहरू जो भेला भएकाछन् तितर-बितर हुनेछन् अनि यहूदाका सन्तान नष्ट हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस्। यो कुरा कसैले थाहा पाउनेछैन। तपाईंका चारैतिर जम्मा भएका यहूदीहरू तितरबितर हुनलाई, र यहूदाका बाँकी रहेकाहरू नष्ट हुनलाई त्यसले किन तपाईंको ज्यान लिने?” See the chapterसरल नेपाली पवित्र बाइबल15 तब योहानानले एकान्तमा तिनलाई भने, “मलाई छोडिदिनुहोस् र म गई इश्माएललाई मार्नेछु। हत्या कसले गर्यो, त्यो कसैले थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको ज्यान लिन दिने? त्यसो भयो भने त तपाईंका वरिपरि भेला भएका यहूदीहरू फेरि तितरबितर हुनेछन् र यहूदामा बाँकी रहेका सबै मानिसहरूमाथि विनाश आउनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तब कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई एकान्तमा भने, “मलाई जान दिनुहोस्, र नतन्याहका छोरा इश्माएललाई मार्न दिनुहोस्; अनि कसैले पनि यो कुरा थाहा पाउनेछैन। त्यसलाई किन तपाईंको प्राण लिन दिने र तपाईंका वरिपरि भेला भएका यहूदीहरूलाई फेरि छरपस्ट हुन दिने र यहूदामा बाँकी रहेकाहरूलाई नष्ट हुन किन दिने?” See the chapter |