यर्मिया 4:5 - पवित्र बाइबल5 “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ: यरूशलेम शहरका प्रत्येक मानिसलाई भन: ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्ला भएका सहरहरूमा भागेर जाऔं!’ See the chapterसरल नेपाली पवित्र बाइबल5 सारा देशमा तुरही बजाओ! स्पष्ट र चर्को सोरले कराओ! यहूदाका र यरूशलेमका मानिसहरूलाई, “पर्खाल लाएका सहरमा भागेर जाओ,” भन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर: ‘देशभरि तुरही फुक!’ चर्कोसँग कराएर भन: ‘एकसाथ भेला होओ! हामी किल्ला भएका सुरक्षित सहरहरूतिर भागौँ।’ See the chapter |