यर्मिया 4:4 - पवित्र बाइबल4 परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफैं हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिवर्तित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्टताले गर्दा मेरो क्रोध आगोझैँ दन्केर निस्कनेछ, र कसैले ननिभाउने गरी त्यो जल्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 हे यहूदा र यरूशलेमका मानिसहरू हो, परमप्रभुसँग बाँधेको करारको चिन्ह अथवा खतना फेरि लगाओ तर यो चिन्ह हृदयमा लगाओ। होइन भने त तिमीहरूका दुष्कर्महरूले गर्दा मेरो क्रोध आगोझैँ दन्कनेछ र कसैले त्यसलाई निभाउन सक्नेछैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे यरूशलेम र यहूदाका मानिसहरू हो, याहवेहका निम्ति आ-आफ्नो खतना गर, तिमीहरूका आफ्नो हृदयको खतना गर। नत्रता तिमीहरूले गरेका दुष्टताको कारण मेरो क्रोध दन्केर निस्कनेछ, र आगोझैँ बल्नेछ, अर्थात् यसरी बल्नेछ, कि कसैले पनि निभाउन सक्नेछैन। See the chapter |