यर्मिया 4:2 - पवित्र बाइबल2 ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ, र त्यसलाई सरलता, ईमान्दारी, अनि धार्मिकतासित पालन गर्छौ भने, जाति-जातिहरू परमप्रभुको नाउँद्वारा आफैं धन्य हुनेछन्, अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 र तिमीहरूले सत्य, न्याय र धर्मसित ‘जीवित परमेश्वरको नाउँमा’ भन्ने शपथ खायौ भने, जाति-जातिहरू उहाँद्वारा आशिषित हुनेछन् र उनीहरूले उहाँमा महिमा गर्नेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल2 यदि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित परमप्रभुलाई साक्षी राखी’ शपथ खायौ भने जाति-जातिहरूले उहाँद्वारा आशिष् पाउनेछन् अनि उहाँमा नै तिनीहरूले गर्व गर्नेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने, तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्; अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।” See the chapter |