Online Bible

- Advertisements -




यर्मिया 39:5 - पवित्र बाइबल

5 कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाहसँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा फेला पारे। उनीहरूले तिनलाई पक्रेर हमात देशको रिब्‍ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्‍याए। तब उनले सिदकियाहलाई दण्‍डको आज्ञा दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे र यरीहोको मैदाननिर सिदकियाहलाई फेला पारे। त्‍यसपछि तिनीहरूले तिनलाई नबूकदनेसर राजाकहाँ पुर्‍याए। नबूकदनेसर हामान देशको रिबला भन्‍ने सहरमा थिए र त्‍यहाँ तिनले सिदकियाहमाथि आफ्‍नो फैसला सुनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर बेबिलोनी सेनाहरूले तिनीहरूलाई खेदे, र सिदकियाहलाई यरीहोको मैदानमा भेट्टाए। तिनीहरूले तिनलाई पक्रे, र तिनलाई हमातको सहरमा भएको रिब्ला इलाकामा बेबिलोनका राजा नबूकदनेसरकहाँ लगे, जहाँ तिनले सिदकियाहलाई दण्डको आज्ञा सुनाए।

See the chapter Copy




यर्मिया 39:5

Follow us:

Advertisements


Advertisements