यर्मिया 38:27 - पवित्र बाइबल27 तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन। See the chapterसरल नेपाली पवित्र बाइबल27 त्यसपछि सबै भारदारहरू आएर मलाई प्रश्न गरे र मैले राजाले भनेअनुसार नै तिनीहरूलाई जवाफ दिएँ। तिनीहरूले अरू केही गर्न सकेनन् किनभने हाम्रो कुराकानी कसैले सुनेका थिएनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 ती सबै अधिकारीहरू यर्मियाकहाँ आए, र तिनलाई सोधे; अनि यर्मियाले राजाले अधिकारीहरूलाई जे भन्ने आदेश दिएका थिए, ती हरेक कुरा तिनीहरूलाई भनिदिए। यसकारण अधिकारीहरूले यर्मियालाई अरू केही भनेनन्; किनकि राजासित भएको तिनको कुराकानी कसैले पनि सुनेका थिएनन्। See the chapter |