यर्मिया 38:25 - पवित्र बाइबल25 ती अधिकारीहरूले मैले तिमीसँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण25 यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ, र राजाले तिमीलाई के भन्नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन् भने, See the chapterसरल नेपाली पवित्र बाइबल25 मैले तिमीसित कुरा गरेको भारदारहरूले थाहा पाए भने तिनीहरू आएर हामीले के-के कुरा गर्यौं, त्यो तिमीलाई सोध्नेछन्। सबै कुरा हामीलाई सुनाऊ र हामी तिमीलाई मार्नेछैनौं भनी तिनीहरूले तिमीसँग प्रतिज्ञा गर्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यदि मैले तिमीसँग बातचित गरेको कुरा अधिकारीहरूले सुनेछन् भने, र तिनीहरू तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ र राजाले तिमीलाई के भन्नुभयो हामीलाई भन; यो कुरा हामीबाट नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौँ,’ भनी भनेछन् भने, See the chapter |