Online Bible

- Advertisements -




यर्मिया 38:23 - पवित्र बाइबल

23 “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तपाईंका सबै पत्‍नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्‍याइनेछन्‌। तपाईं आफै पनि उनीहरूका हातबाट उम्‍कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि मैले भनें, “तपाईंका सबै स्‍वास्‍नीहरू र छोरा-छोरीहरू बेबिलोनीहरूकहाँ लगिनेछन् र तपाईं आफैं पनि तिनीहरूका हातबाट उम्‍कनुहुनेछैन। बेबिलोनका राजाले तपाईंलाई कैदी बनाई लैजानेछन्। यस सहरलाई जलाएर खरानी पारिदिनेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।”

See the chapter Copy




यर्मिया 38:23

Follow us:

Advertisements


Advertisements