Online Bible

- Advertisements -




यर्मिया 38:22 - पवित्र बाइबल

22 सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्,: ‘तिम्रा साथीहरू तिमी भन्दा बलिया छन्, तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए, अनि तिमीलाई जितेकाछन्। तिम्रो खुट्टा हिलोमा भास्सियो, अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 यहूदाका राजाको महलमा छोड़िएका सबै स्‍त्रीहरू बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछन्, र ती स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्‌: ‘तपाईंले भरोसा गर्नुभएका तपाईंका मित्रहरूले तपाईंलाई भ्रममा पारे। अब तपाईंका खुट्टा हिलोमा भासिएका छन्‌। तपाईंका मित्रहरूले तपाईंलाई त्‍यागेका छन्‌।’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 मैले दर्शनमा देखें कि यहूदाका राजदरबारमा छोडिएका सबै स्‍त्रीहरू बेबिलोनका राजाका भारदारहरूकहाँ लगिंदै थिए। ती स्‍त्रीहरूले यसरी लगिंदा के भन्‍दै थिए, त्‍यो पनि सुन्‍नुहोस्: ‘राजाले भरोसा गरेका मित्रहरूले उनलाई धोका दिए, तिनीहरूले उनका कुरा काटिदिए। अब उनका खुट्टा हिलोमा भासिएका बेला ती मित्रहरूले उनलाई त्‍यागे’।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 सुन्‍नुहोस्, यहूदाको राजाका महलमा छोडिएका ती सबै स्त्रीहरू बेबिलोनका अधिकारीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। ती स्त्रीहरूले तपाईंलाई यसो भन्‍नेछन्: “ ‘तपाईंले भरोसा गरेका मित्रहरूले, तपाईंलाई धोका दिएर जिते। तपाईंका खुट्टाहरू हिलोमा डुबेका छन्; तपाईंका मित्रहरूले तपाईंलाई त्यागिदिएका छन्।’

See the chapter Copy




यर्मिया 38:22

Follow us:

Advertisements


Advertisements