यर्मिया 37:9 - पवित्र बाइबल9 परमप्रभु भन्नुहुन्छ “बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैंलाई मूर्ख नबनाऊ।” तिनीहरू जाने छैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 “परमप्रभु यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले निश्चय नै हामीलाई छोड़िदिनेछन्,’ भनी तिमीहरू धोका नखाओ। उनीहरूले यसो गर्नेछैनन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 म परमप्रभु तँलाई यो चेतावनी दिंदछु कि तैँले फेरि बेबिलोनीहरू फर्की आउनेछैनन् भन्ने सोचेर धोका नखानू किनभने तिनीहरू आउने नै छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “याहवेह यसो भन्नुहुन्छ: ‘बेबिलोनीहरूले हामीलाई निश्चय छोडिदिनेछन्,’ भन्ने सोचेर तिमीहरू आफैँलाई धोका नदेओ। तिनीहरूले छोडेर जानेछैनन्! See the chapter |