यर्मिया 36:9 - पवित्र बाइबल9 योशियाहको छोरा यहोयाकीमको राज्यकालको पाँचौ बर्षको नवौं महीनामा यरूशलेमका अनि यहूदाका शहरबाट यरूशलेममा आएका सबै मानिसहरूले परमप्रभुको नाउँमा उपवास बस्ने घोषणा गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौँ वर्षको नवौँ महिनामा यरूशलेममा भएका सबै मानिसहरू र यहूदाका नगरहरूबाट आएकाहरूका निम्ति परमप्रभुको सामु उपवास बस्ने घोषणा भयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 यहोयाकीम यहूदाका राजा भएको नवौं महिनामा परमप्रभुको निगाह पाउन मानिसहरूले उपवास राखे। यरूशलेमका सबै बासिन्दाहरूले र यहूदाका सहरहरूबाट त्यहाँ आएका सबै मानिसहरूले उपवास राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा, यरूशलेमका सबै मानिसहरू र यहूदाका सहरहरूबाट आएका सबै मानिसहरूका निम्ति याहवेहको सामु उपवासको समय घोषणा गरियो। See the chapter |