यर्मिया 36:32 - पवित्र बाइबल32 त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण32 तब यर्मियाले अर्को एउटा पत्रको मुट्ठो ल्याएर नेरियाहका छोरा लेखक बारूकलाई दिए, र तिनले यर्मियाले लेखाएअनुसार यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएको पत्रको मुट्ठोका सबै कुरा त्यसमा लेखे। अनि त्यस्तै अरू धेरै कुरा पनि त्यसमा थपिए। See the chapterसरल नेपाली पवित्र बाइबल32 तब अर्को बेह्रेको मुट्ठो कागज लिएर मैले आफ्नो सचिव बारूकलाई दिएँ र मैले भनेका प्रत्येक कुरा तिनले त्यसमा लेखे। यहूदाका राजा यहोयाकीमले जलाएको मुट्ठोमा लेखिएको प्रत्येक कुरो यो दोस्रो मुट्ठोमा बारूकले लेखे अनि यस्तै अरू शब्दहरू पनि थपिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण यर्मियाले अर्को चर्मपत्र लिए र नेरियाहका छोरा शास्त्री बारूकलाई त्यो दिए; अनि यर्मियाले भनेअनुसार बारूकले यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएका चर्मपत्रमा भएका सबै वचनहरू फेरि लेखे। अनि ती वचनहरूसँग मिल्ने अरू यस्तै वचनहरू पनि त्यसमा थपिए। See the chapter |