यर्मिया 36:29 - पवित्र बाइबल29 यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ: ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण29 अनि यहूदाको राजा यहोयाकीमलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त्यो पत्रको मुट्ठो जलाइस्, र भनिस्, “बेबिलोनका राजा आएर निश्चय नै यो देश नष्ट पार्छन्, र उनले मानिस र पशु दुवैलाई नामेट गर्छन् भनी किन तैंले त्यसमा लेखिस्?” See the chapterसरल नेपाली पवित्र बाइबल29 राजालाई यसो भन् भनी परमप्रभुले मलाई आदेश दिनुभयो, “तैँले यो कागजको मुट्ठो जलाइदिइस्। बेबिलोनका राजाले आएर यस देशलाई नाश पार्नेछ र त्यसका पशुहरू र बासिन्दाहरूलाई मार्नेछ भनी किन लेखिस् भनेर तैँले यर्मियालाई सोधेको छस् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यहूदाको राजा यहोयाकीमलाई यो पनि भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले त्यस चर्मपत्र जलाइस्, र भनिस्, “बेबिलोनको राजा निश्चय नै आउनेछ, यस देशलाई नष्ट गर्नेछ। अनि यस देशका मानिसहरू र पशुप्राणीहरू दुवैलाई नाश गर्नेछ भनेर तैँले त्यसमा किन लेखिस्?” See the chapter |