यर्मिया 36:10 - पवित्र बाइबल10 त्यसबेला, बारूकले परमप्रभुको मन्दिरमा भेला भएका मानिसहरूको उपस्थितिमा यर्मियाका वचनहरू बेहेरूवाबाट पढे। तिनले परमप्रभुको मन्दिरको नयाँ प्रवेशद्वार छेउमा रहेको मथिल्लो आँगनमाथिको शापनको छोरो गमर्याहको कोठाबाट बेहेरूवा पढे। गमर्याह एकजना सचिव थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 तब सचिव शापानका छोरा गमर्याहको कोठाबाट, जो माथिल्लो चोकमा परमप्रभुका मन्दिरको नयाँ मूल ढोकामा थियो, त्यहीँबाट बारूकले पत्रको मुट्ठोबाट यर्मियाका कुरा मन्दिरमा भएका सबै मानिसहरूले सुन्ने गरी पढ़े। See the chapterसरल नेपाली पवित्र बाइबल10 तब सबै मानिसहरूले सुनिरहेका बेलामा बारूकले कागजको मुट्ठोबाट मैले लेख्न लाएका सबै कुराहरू पढी सुनाए। मन्दिरमा शापानका छोरा गमर्याहको कोठाबाट तिनले त्यो पढेर सुनाए। शापान मन्दिरका सचिव थिए। तिनको कोठा मन्दिरको माथिल्लो चोकमा नयाँ मूल-ढोकाको छेउमा थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मन्दिरको नयाँ मूलढोकाको प्रवेशद्वारको माथिल्लो चोकमा रहेको शापानका छोरा सचिव गमर्याहको कोठाबाट, बारूकले याहवेहको मन्दिरमा भएका सबै मानिसहरूको निम्ति यर्मियाले भनेका चर्मपत्रबाट वचनहरू पढे। See the chapter |