यर्मिया 31:34 - पवित्र बाइबल34 तिनीहरूका शाखा-सन्तानहरू र छिमेकीहरूलाई परमेश्वरको बारेमा सिकाउनु पर्दैन् किनभने मानिस ठूलो होस् अथवा सानो, प्रत्येकले मलाई चिन्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूको कुकर्महरू क्षमा गरिदिनेछु, म तिनीहरूका पापहरूलाई याद गर्ने छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण34 ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन। किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ। “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।” See the chapterसरल नेपाली पवित्र बाइबल34 तिनीहरू कसैले आफ्ना छिमेकी वा दाजुभाइलाई परमप्रभु चिनाउनुपर्नेछैन किनभने साना-ठूला सबैले मलाई चिन्नेछन्। म तिनीहरूका दुष्कर्म क्षमा गर्नेछु र तिनीहरूका पापहरू कहिल्यै सम्झनेछैनँ। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई अथवा एक-अर्कालाई, ‘याहवेहलाई चिन,’ भनी सिकाउनेछैन; किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि म तिनीहरूका दुष्टता क्षमा गरिदिनेछु, र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।” See the chapter |