Online Bible

- Advertisements -




यर्मिया 31:23 - पवित्र बाइबल

23 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “म ती मानिसहरूलाई फर्काई ल्याउनेछु, जसलाई कैदी बनाएर टाढा लगिएका थिए। त्यस बेला, यहूदाको देशमा भएका मानिसहरू अनि यसका शहरहरूले पुन: एकपल्ट यी शब्दहरू प्रयोग गर्नेछन्। ‘हे धार्मिकताको वासस्थान, हे पवित्र पर्वत, परमेश्वरको आशिष तिमीहरूमा रहोस्।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्‍याउनेछु, तब मानिसहरूले यहूदाको देश र त्‍यसका नगरहरूमा यी वचन फेरि प्रयोग गर्नेछन्, ‘हे धर्मी वासस्‍थान, हे पवित्र पर्वत, तँलाई परमप्रभुले आशिष्‌ देऊन्’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 इस्राएलका परमेश्‍वर सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “जब म मेरा मानिसहरूलाई आफ्‍नो देशमा फर्काएर ल्‍याउनेछु, तिनीहरूले फेरि एक पल्‍ट यहूदा देश र त्‍यसका सहरहरूमा यसो भन्‍नेछन्, ‘परमप्रभुले आफू बास गर्ने यरूशलेमको पवित्र डाँडालाई आशीर्वाद देऊन्।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “जब म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु, तब यहूदाको देश र त्यसका सहरहरूमा भएका मानिसहरूले फेरि यी वचनहरू भन्‍नेछन्: ‘हे समृद्ध यरूशलेम, हे पवित्र पर्वत, याहवेहले तँलाई आशिष् देऊन्।’

See the chapter Copy




यर्मिया 31:23

Follow us:

Advertisements


Advertisements