Online Bible

- Advertisements -




यर्मिया 30:11 - पवित्र बाइबल

11 हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु, तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि, सजाय भोग्ने पर्नेछ, तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभु भन्‍नुहुन्‍छ, ‘म तेरो उद्धार गर्नेछु, तेरो साथमा रहनेछु। जुन जातिहरूकहाँ तँलाई मैले तितरबितर पारेको थिएँ, ती सबलाई म बिलकुलै खतम पार्नेछु। तापनि म तँलाई त बिलकुलै खतम पार्नेछैनँ। म तँलाई न्‍यायपूर्वक अनुशासन गर्नेछु। तँलाई दण्‍ड नदिई म पूरै छोड्‌नेछैनँ’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 म आएर तिमीहरूलाई बचाउनेछु। जुन जातिहरूमा मैले तिमीहरूलाई तितर-बितर पारेको थिएँ, ती सबैलाई म नाश गर्नेछु तर म तिमीहरूलाई नाश पार्नेछैनँ। “म तिमीहरूलाई दण्‍ड नदिई छोड्‍ने त होइनँ तर दण्‍ड दिंदा म ठीक न्‍यायले दण्‍ड दिनेछु। म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘मैले तँलाई जुन राष्ट्रहरूको बीचमा छरपस्ट पारेँ, ती राष्ट्रहरूलाई सम्पूर्ण रूपले नाश गरे तापनि म तँलाईचाहिँ पूर्ण रूपले नाश गर्नेछैनँ। तर म तँलाई विनादण्ड चाहिँ छोड्नेछैनँ; म तँलाई न्यायपूर्वक दण्ड दिनेछु।’

See the chapter Copy




यर्मिया 30:11

Follow us:

Advertisements


Advertisements