यर्मिया 28:6 - पवित्र बाइबल6 अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिनले भने, “आमेन, परमप्रभुले त्यसै नै गरून्! तिमीले अगमवाणी कहेका कुरा परमप्रभुले पूरा गरिदेऊन्। परमप्रभुको भवनका मालसामानहरू र सबै निर्वासित भएका मानिसहरूलाई उहाँले बेबिलोनबाट यस ठाउँमा फर्काइल्याऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल6 “त्यस्तै होस्! परमप्रभुले त्यस्तै गरून्! उहाँले तिम्रो यो अगमवाणी पूरा गराऊन् र बेबिलोनबाट मन्दिरका सारा धन-सम्पत्ति र त्यहाँ कैदमा लगिएका सबै मानिसहरूलाई फर्काई ल्याऊन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले भने, “आमेन! याहवेहले त्यसै गरून्! याहवेहको भवनका सबै सामग्रीहरू र निर्वासनमा लगिएका सबैलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याउने भनेर, तिमीले गरेको अगमवाणीका वचनहरू याहवेहले पूरा गरिदेऊन्। See the chapter |