यर्मिया 28:4 - पवित्र बाइबल4 म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्याउनेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु’।” See the chapterसरल नेपाली पवित्र बाइबल4 म यहोयाकीमको छोरो, यहूदाको राजा यहोयाकीनलाई पनि र बेबिलोनमा कैद गरी लगिएका यहूदाका सबै मानिसहरूसमेत फर्काई ल्याउनेछु। अनि अवश्य म बेबिलोनको राजाको जुवालाई तोडिदिनेछु। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहोयाकीमका छोरा यहूदाको राजा यहोयाकीन र यहूदाबाट निकालिएर बेबिलोनमा लगिएका अरू सबै मानिसहरूलाई पनि म यस ठाउँमा फर्काएर ल्याउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।’ ” See the chapter |