यर्मिया 27:9 - पवित्र बाइबल9 यसर्थ तिमीहरू अगमवक्ताहरू जोखाना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिनीहरूलाई ध्यान नदेऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन। See the chapterसरल नेपाली पवित्र बाइबल9 तिमीहरूलाई बेबिलोनका राजाको अधीनमा रहनुहुँदैन भन्ने आफ्नै अगमवक्ताहरूका कुरा तथा अरू सपना वा मरेका मानिसका आत्मा वा जादू, टुना-मुनाद्वारा भविष्य बताउन दाबी गर्ने कुनै पनि मानिसका कुरा नसुन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’ See the chapter |