Online Bible

- Advertisements -




यर्मिया 27:8 - पवित्र बाइबल

8 “‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,’” यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 “तर यदि कुनै जाति अथवा राज्‍यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्न र बेबिलोनका राजाको जुवामुनि आफ्‍नो घिच्रो राख्‍न मानेन भने, म त्‍यस जातिलाई तरवार, अनिकाल र रूढ़ीले दण्‍ड दिनेछु, जबसम्‍म म उनीहरूलाई त्‍यसको हातद्वारा नष्‍ट गर्दिनँ, परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 “तर यदि कुनै जाति वा राज्‍यले उसको जुवा बोक्‍न अर्थात् उसको अधीनमा रहन चाहँदैन भने त्‍यसलाई नबूकदनेसरले पूरा नाश नगरेसम्‍म म त्‍यस जातिलाई लडाइँ, अनिकाल र रुढी ल्‍याएर सजाय दिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “ ‘ “तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।

See the chapter Copy




यर्मिया 27:8

Follow us:

Advertisements


Advertisements