यर्मिया 26:19 - पवित्र बाइबल19 “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आँटेकाछौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण19 “के यहूदाका राजा हिजकिया वा यहूदाका अरू कसैले तिनलाई मारे र? अनि के परमप्रभुदेखि डराएर हिजकियाले उहाँको निगाहा खोजेनन् र? के तिनीहरूमाथि ल्याउने विपत्तिदेखि परमप्रभुले आफ्नो मन बद्लनुभएन र? हामीले त आफूमाथि ठूलो सर्वनाश ल्याउन लागेका छौं।” See the chapterसरल नेपाली पवित्र बाइबल19 त के हिजकिया राजा र यहूदाका बासिन्दाहरूले मीकालाई मारे? होइन, उल्टा हिजकियाले परमप्रभुको डर माने र उहाँको कृपादृष्टि पाउने चेष्टा गरे। अनि परमप्रभुले तिनीहरूलाई ल्याउँछु भन्नुभएको विनाशबारे आफ्नो मन बदल्नुभयो। तर अहिले हामीहरूले चाहिँ आफूमाथि ठूलो विपत्ति ल्याउन लागेका छौं।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “के यहूदाका राजा हिजकियाह अथवा यहूदाका अरू कसैले मीकालाई मारे? के हिजकियाहले याहवेहसित डराएर उहाँको कृपा खोजेनन्? अनि के याहवेहले आफ्नो मन बदलेर उहाँले तिनीहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिदेखि आफ्नो मन बदल्नुभएन र? तर हामीले आफूमाथि एक डरलाग्दो विपत्ति ल्याउन लाग्दैछौँ!” See the chapter |