यर्मिया 26:18 - पवित्र बाइबल18 तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने, ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ: सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा जगंल, र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।’ See the chapterनेपाली नयाँ संशोधित संस्करण18 “यहूदाका राजा हिजकियाका समयमा मोरेशेतका मीकाले अगमवाणी गरे। यहूदाका सबै मानिसहरूलाई तिनले यसो भने, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको ढेर बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ’। See the chapterसरल नेपाली पवित्र बाइबल18 “हिजकिया यहूदाका राजा हुँदा मोरेशेतबाट आएका अगमवक्ता मीकाले सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुका यी वचन सुनाए: ‘खेत जोतेझैँ सियोन जोतिनेछ, यरूशलेम भत्केर रास बनिनेछ र मन्दिर भएको डाँडा जङ्गल बनिनेछ।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाहको समयमा अगमवाणी गरे। तिनले यहूदाका सबै मानिसहरूलाई भने, ‘सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “ ‘सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ।’ See the chapter |