Online Bible

- Advertisements -




यर्मिया 25:18 - पवित्र बाइबल

18 मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरुभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 अर्थात्‌ आज देखिएझैँ तिनीहरूलाई विनाश र भय, तथा घृणा र सरापका पात्र बनाउनलाई मैले यरूशलेम र यहूदाका नगरहरूलाई र तिनका राजाहरू र अधिकारीहरूलाई त्‍यो पिउन लगाएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 ती ठाउँहरू उजाड र हेर्न नसकिने मरुभूमिजस्‍तो होऊन् र तिनीहरूका नाम लिएर मानिसहरूले सराप देऊन् भनी यरूशलेम र यहूदाका सम्‍पूर्ण सहरहरू, त्‍यहाँका राजा र अगुवाहरू सबैलाई मैले त्‍यस कचौराबाट पिउन लाएँ। आजसम्‍म पनि मानिसहरूले त्‍यसरी नै सराप दिने गरेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सुरुमा मैले यरूशलेम र यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई त्रास र घृणा तथा सरापको पात्र बनाउनलाई कचौराबाट पिउन लगाएँ। तिनीहरू आज त्यस्तै अवस्थामा छन्;

See the chapter Copy




यर्मिया 25:18

Follow us:

Advertisements


Advertisements