यर्मिया 23:33 - पवित्र बाइबल33 “यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के-के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गह्रौं बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।’ यो परमप्रभुको सन्देश हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 “जब यी मानिसहरूले अथवा कुनै अगमवक्ता वा कुनै पूजाहारीले ‘परमप्रभुको ईश्वरवाणी के हो?’ भनी तँलाई सोध्यो भने, तैंले तिनीहरूलाई भन्नू, ‘कुन ईश्वरवाणी? म तिमीहरूलाई त्याग्नेछु,’ परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल33 परमप्रभुले मलाई भन्नुभयो, “ए यर्मिया, मेरा प्रजामध्ये कसैले वा कुनै अगमवक्ता तथा पूजाहारीले तँलाई ‘परमप्रभुको के सन्देश छ’ भनी सोध्यो भने तैँले त्यसलाई भन्नू, ‘तिमीहरू परमेश्वरका बोझ हौ र उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ’। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 “जब यी मानिसहरू अथवा अगमवक्ताहरू अथवा पुजारीहरूले ‘याहवेहको सन्देश के छ?’ भनी तँलाई सोध्दछन्, तब तिनीहरूलाई भन् ‘कस्तो सन्देश? म तिमीहरूलाई त्यागिदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।’ See the chapter |