यर्मिया 23:20 - पवित्र बाइबल20 आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्नेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल20 अनि उहाँले इच्छा गरेका कुराहरू पूरा नभएसम्म त्यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्नेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ। See the chapter |