Online Bible

- Advertisements -




यर्मिया 23:14 - पवित्र बाइबल

14 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्‍दो कुरा देखेको छु। तिनीहरू व्‍यभिचार गर्दछन्, र झूटो चालमा चल्‍छन्‌। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्‌। यसैले कोही पनि आफ्‍नो दुष्‍टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्‍ति सदोमझैँ, यरूशलेमका मानिसहरूचाहिँ गमोराझैँ छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 तर यरूशलेमका अगमवक्ताहरूले चाहिँ अझ घिनलाग्‍दा काम गरेको मैले देखेको छु। तिनीहरूले व्‍यभिचार गर्दछन् र देखावटी जीवन बिताउँछन्, दुष्‍कर्म गर्ने मानिसहरूलाई मद्दत गर्दछन् र यसैले कसैले पनि दुष्‍कर्म गर्न छोड्दैन। मेरो निम्‍ति तिनीहरू सबै सदोम र गमोराका मानिसहरूझैँ दुष्‍ट भएका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि यरूशलेमका अगमवक्ताहरूका बीच मैले केही भयानक कुराहरू देखेँ: तिनीहरू व्यभिचार गर्छन् र झूटलाई पछ्याउँछन्। तिनीहरूले दुष्‍ट काम गर्ने मानिसहरूलाई प्रोत्साहित गर्छन्, ताकि कोही पनि तिनीहरूको दुष्‍टताबाट नफर्कून्। मेरा निम्ति तिनीहरू सबै सदोमजस्ता छन्; यरूशलेमका मानिसहरू गमोराका मानिसहरूजस्ता छन्।”

See the chapter Copy




यर्मिया 23:14

Follow us:

Advertisements


Advertisements