यर्मिया 22:21 - पवित्र बाइबल21 “हे यहूदा, तिमीले आफैं सुरक्षित विचार गर्यौ। तर मैले तिमीलाई सावधानी रहन चेताउनी दिएँ। तर तिमीले भन्यौ, ‘म ध्यान दिँदिन।’ तिमीले त्यही जीवन शैली अप्नायौ, जुन तिम्रो युवावस्थालमा थियो। तिम्रो युवावस्थालम देखिनै तिमीले मलाई मान्न अस्वीकार गर्यौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण21 तँ सुरक्षित हुँदा मैले तँलाई चेताउनी दिएँ, तर तैंले भनिस्, ‘म सुन्नेछैनँ!’ युवावस्थादेखि नै तेरो चाल यस्तै भएको छ, तैंले मेरो आज्ञापालन गरेको छैनस्। See the chapterसरल नेपाली पवित्र बाइबल21 तिमीहरूको सुदिनमा परमप्रभु तिमीहरूसित बोल्नुभयो तर तिमीहरूले उहाँका कुरा सुनेनौ। सारा जीवनभरि तिमीहरूले त्यसै गरिरह्यौ। परमप्रभुको आज्ञा तिमीहरूले कहिल्यै मानेनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तैँले आफूलाई सुरक्षित महसुस गर्दा मैले तँलाई चेतावनी दिएँ, तर तैँले भनिस्, ‘म सुन्नेछैनँ!’ यो त तेरो जवानीदेखिकै चाल भएको छ; तैँले मेरो आज्ञापालन गरेकै छैनस्। See the chapter |