Online Bible

- Advertisements -




यर्मिया 22:18 - पवित्र बाइबल

18 यसर्थ परमप्रभुले योशियाहका छोरो, राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन्, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दु:खीतछु भनी, तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दु:खी छु।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: “‘हाय, मेरो दाजु! हाय, मेरी बहिनी!’ भन्‍दै त्‍यसको लागि तिनीहरू रुनेछैनन्‌। ‘हाय, मेरा मालिक! हाय, उहाँको गौरव!’ भन्‍दै त्‍यसको निम्‍ति तिनीहरू रुनेछैनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 यसकारण योशियाहका छोरा यहूदाका राजा यहोयाकीमबारे परमप्रभु यसो भन्‍नुहुन्‍छ, “त्‍यो मर्दा कसैले शोक गर्नेछैन। ‘हे दाजुभाइहरू हो, कत्रो आपत् आइपर्‍यो’ भनी कसैले न विलाप गर्नेछ न ‘हे मेरो राजा’ भनी कोही रुने नै छ!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: “तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्; ‘हाय, मेरा दाजु, हाय, मेरी बहिनी!’ भन्‍नेछैनन्। तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्: ‘हाय, मेरा मालिक, हाय, उहाँको गौरव!’ भन्‍नेछैनन्।

See the chapter Copy




यर्मिया 22:18

Follow us:

Advertisements


Advertisements