यर्मिया 21:2 - पवित्र बाइबल2 पशहूर र सपन्याहले यर्मियालाई भने, “हाम्रा निम्ति परमप्रभुलाई प्रार्थना गरिदेऊ। के हुने छ भनेर परमप्रभुलाई सोधी देऊ। हामी जान्न चाहन्छौ। किनभने बाबेलका राजा नबूकदनेस्सरले हामीलाई आक्रमण गरिरहेछन्। हुनसक्छ उहाँले बितेका दिनहरूमा गर्नु भए जस्तै परमप्रभुले हाम्रो लागि महान कार्यहरू गरिदिनु हुनेछ। हुनसक्छ परमप्रभुले हामीलाई आक्रमण गर्न नबूकदनेस्सरलाई रोक्नु हुनेछ र फर्की जानेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “हाम्रा निम्ति अब परमप्रभुसित सोधिदिनुहोस्, किनभने बेबिलोनका राजा नबूकदनेसरले हामीलाई आक्रमण गर्दैछन्। शायद बितेको समयमा परमप्रभुले हाम्रा निम्ति आश्चर्यको काम गर्नुभएझैँ अहिले पनि गर्नुहोला, र यसरी उनी हामीबाट फिर्ता जानेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल2 “हाम्रो निम्ति परमप्रभुसित सोधपुछ गर किनभने बेबिलोनका राजा नबूकदनेसर र तिनका सेना हाम्रो सहरमाथि हमला गर्न आउँदै छन्। सायद परमप्रभुले एउटा उदेकको काम गर्नुहुनेछ र नबूकदनेसरलाई फर्केर जान लाउनुहुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “बेबिलोनका राजा नबूकदनेसर हामीलाई आक्रमण गर्न आउँदैछन्; त्यसैले याहवेहसँग हाम्रा निम्ति सोधखोज गरिदिनुहोस्। सायद याहवेहले बितेका समयमा गरेझैँ, हाम्रा निम्ति अद्भुत कार्यहरू गर्नुहुनेछ, र नबूकदनेसर हामीबाट फिर्ता जानेछन्।” See the chapter |