यर्मिया 21:13 - पवित्र बाइबल13 “हे यरूशलेम! म तिम्रो विरूद्धमा छु। तिमी मैदानमा भन्ज्याङ्ग माथिको पहाडमाथि बस्छौ। तिमी यरूशलेमका मानिसहरू भन्छौ, ‘कसैले तिमीहरूलाई आक्रमण गर्न र तिमीहरूको शक्तिशाली शहर जित्न सक्तैन।’ तर परमप्रभुबाट आएको वचनहरूलाई ध्यान देऊ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण13 म तेरो विरुद्धमा छु, हे यरूशलेम, यस उपत्यकाको मास्तिर बस्नेहरू हो, मैदानका समस्त ठाउँमा बस्ने हो, परमप्रभु भन्नुहुन्छ, तिमीहरू जसले भन्छौ, ‘हाम्रा विरुद्धमा को आउन सक्छ र? हाम्रो शरणस्थानभित्र को पस्नसक्छ र?’ See the chapterसरल नेपाली पवित्र बाइबल13 हे यरूशलेम, तँ बेसीहरूदेखि उच्चमा छस्, मैदानमा खडा भएको चट्टानझैँ छस्। तर म तेरो विरुद्धमा लडाइँ गर्नेछु। तँ भन्दछस् कि कोही ममाथि आइलाग्न सक्नेछैन, मेरो गढ कसैले भत्काउन सक्नेछैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे यरूशलेम, म तेरो विरुद्धमा छु; तँ, जो यस बेँसीको उच्च चट्टानमा बस्छस्, याहवेह घोषणा गर्नुहुन्छ, तँ भन्छस् कि, “तेरो विरुद्धमा को आउनसक्छ र? हाम्रो शरणस्थानमा को प्रवेश गर्न सक्छ?” See the chapter |