यर्मिया 21:1 - पवित्र बाइबल1 यो सन्देश परमप्रभुबाट यर्मियाकहाँ आएको हो। यो सन्देश त्यस बेला आएको थियो जब सिदकियाह यहूदाका राजाले पशहूर नाउँका एक मानिस र सपन्याह नाउँका एक पूजाहारी यर्मियाकहाँ पठाएका थिए। पशहूर मलिकयाह नाउँ भएको एक मानिसको छोरो थियो। सपन्याह मासेयाह नाउँका एक मानिसको छोरो थियो। पशहूर र सपन्याहले यर्मियालाई सन्देश ल्याएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने, See the chapterसरल नेपाली पवित्र बाइबल1 यहूदाका राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर मासेयाहका छोरा पूजाहारी सपन्याहलाई मकहाँ यो बिन्ती गरेर पठाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहको यो वचन यर्मियाकहाँ त्यस बेला आयो, जब राजा सिदकियाहले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई यर्मियाकहाँ पठाएका थिए। तिनीहरूले भने: See the chapter |