यर्मिया 20:7 - पवित्र बाइबल7 हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मलाई देखेर हाँस्छन्। अनि दिनभरि मलाई हाँसोको पात्र बनाउँछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र मैले धोका खाएँ। तपाईंले मलाई जित्नुभयो र तपाईं ममाथि विजयी हुनुभयो। दिनभरि नै म हाँसोको पात्र बनें, सबले मलाई ठट्टा गर्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो र मैले धोका खाएँ। तपाईं मभन्दा बलियो हुनुहुन्छ र तपाईंले मलाई हराउनुभयो। सबैले मेरो हाँसो उडाउँछन् र दिनभरि गिल्ला गर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, तपाईंले मलाई धोका दिनुभयो, र म धोकामा परेँ; तपाईंले मलाई जित्नुभयो, किनकि तपाईं मभन्दा बलियो हुनुहुन्छ। दिनभरि नै म हाँसोको पात्र बनेको छु; सबैले मलाई गिल्ला गर्छन्। See the chapter |