यर्मिया 2:6 - पवित्र बाइबल6 तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो, र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुख्खा र उजाड भूमिमा डोर्याउनु भयो। परमप्रभुले हामीलाई अ न्घकार, र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन, र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’ See the chapterसरल नेपाली पवित्र बाइबल6 मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ। उजाड-भूमिमा, मरुभूमि र बालुवाका ढिस्कै-ढिस्का भएको, कसैले बास नगरेको, खुट्टाले पनि नटेकेको सुख्खा र जोखिमले भरिएको देशका बीचबाट मैले तिनीहरूलाई डोर्याएर ल्याएँ र पनि तिनीहरूले मेरो केही वास्ता गरेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्याउनुभयो?’ See the chapter |