यर्मिया 2:24 - पवित्र बाइबल24 तिमीहरू निर्जन स्थानमा बस्ने जङ्गली गधा जस्तौ छौं। काम-वासनाको समयमा त्यसले हावाबाट गन्ध लिन्छ। त्यो त्यति कामुक रहन्छे कि उसलाई फर्काउनु कसैले सक्तैन। काम-वासनाले उन्मत्त भएको समयमा उसलाई खोज्ने प्रत्येक बन-गधैनीले सजिलै भेट्न सक्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 उजाड़-स्थानमा बस्ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्यसको कामवासनालाई कसले रोक्न सक्छ र? त्यसको पछि लाग्ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्यसलाई भेट्टाउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल24 निर्जनस्थानमा रहने बानी भएको कामातुर भएर हावामा सुँघी हिंड्ने जङ्गली गधैनीजस्तै तँ भएको छस्। कसले त्यसलाई वशमा पार्न सक्छ? त्यसलाई खोज्न गधालाई केही दु:ख गर्नुपर्दैन, त्यसका ऋतुमा त्यसलाई भेट्टाइहाल्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 उजाडस्थानमा रहने बानी भएकी, कामुक भएर हावा सुँघिहिँड्ने जङ्गली गधैनीजस्तै। त्यसको उन्मात कामुकतालाई कसले रोक्न सक्छ? त्यसलाई पछ्याउने गधाहरूले आफूलाई थकाउनुपर्दैन; कामवासनाको समयमा तिनीहरूले त्यसलाई भेट्टाइहाल्छन्। See the chapter |