Online Bible

- Advertisements -




यर्मिया 18:23 - पवित्र बाइबल

23 हे परमप्रभु, मलाई मार्ने तिनीहरूका योजनाहरू तपाईं जान्नुहुन्छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नु होस्। तिनीहरूका पापहरू नमेटी दिनुहोस्। मेरा शत्रुहरूलाई नष्ट गर्नु होस्। जब तपाईं क्रोधित हुनुहुन्छ। ती मानिसहरूलाई दण्ड दिनु होस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्‌यन्‍त्र तपाईंलाई जाहेरै छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तिनीहरूका पाप तपाईंको दृष्‍टिदेखि नहटाउनुहोस्‌। तपाईंको सामुन्‍ने तिनीहरू पराजित होऊन्, तपाईंको क्रोधको समयमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 तर परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्यन्‍त्रहरू तपाईंको अघि जाहेरै छ। तिनीहरूका दुष्‍ट्याइँ क्षमा नगर्नुहोस् र पाप नमेटिदिनुहोस्। तिनीहरूको हार गराएर आफ्‍नो अघि लडाइदिनुहोस् र आफ्‍नो क्रोधमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर हे याहवेह, मलाई मार्ने तिनीहरूका सबै षड्यन्त्रहरू तपाईंलाई थाहा छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तपाईंको दृष्‍टिबाट तिनीहरूका पापहरू नमेटाउनुहोस्। तिनीहरू तपाईंको सामु परास्त होऊन्; तपाईंको क्रोधमा तिनीहरूसित उचित व्यवहार गर्नुहोस्।

See the chapter Copy




यर्मिया 18:23

Follow us:

Advertisements


Advertisements