Online Bible

- Advertisements -




यर्मिया 16:18 - पवित्र बाइबल

18 म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुनःक्षतिपूर्ति गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूको अधर्म र पापको निम्‍ति म तिनीहरूलाई दोबर दण्‍ड दिनेछु, किनकि तिनीहरूले मेरो देशलाई आफ्‍ना घृणित प्रतिमाहरूका निर्जीव आकारहरूले बिटुलो पारेका छन्, र मेरो उत्तराधिकारलाई तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरूले भरेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूका पाप र दुष्‍ट्याइँको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्‍ड दिनेछु किनभने तिनीहरूले मेरो देशलाई मुर्दाझैँ निर्जीव मूर्तिहरूले बिटुलो पारेका छन् र झूटा देवताहरूले भरेका छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म तिनीहरूका दुष्‍टता र तिनीहरूका अपराधका निम्ति दोबर दण्ड दिनेछु; किनकि तिनीहरूले मेरो देशलाई तिनीहरूका घृणित मूर्तिहरूका निर्जीव आकृतिहरूले अशुद्ध पारेका छन्, र मेरो उत्तराधिकारको देशलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरिदिएका छन्।”

See the chapter Copy




यर्मिया 16:18

Follow us:

Advertisements


Advertisements