Online Bible

- Advertisements -




यर्मिया 12:14 - पवित्र बाइबल

14 यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदालाई छुट्याउँनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मेरा सबै दुष्‍ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्‍पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्‍नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्‍नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरो आफ्‍नो प्रजा इस्राएललाई अधिकार गर्न दिएको देश नाश गर्ने इस्राएलका छिमेकीहरूबारे मैले केही भन्‍नु छ। म ती दुष्‍ट जातिहरूलाई बोट उखेलेझैँ उखेलेर तिनीहरूको देशबाट हटाउनेछु। यहूदालाई पनि म तिनीहरूको माझबाट उखेल्‍नेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेह यसो भन्‍नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्‍ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु।

See the chapter Copy




यर्मिया 12:14

Follow us:

Advertisements


Advertisements