यर्मिया 11:16 - पवित्र बाइबल16 परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो। तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुले तिमीहरूलाई असल फल भएको सुन्दर हरियो जैतूनको रूख भनी नाउँ दिनुभएको थियो, तर भयङ्कर आँधीबेहरीको गर्जनसित उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ, र त्यसका हाँगाहरू भाँचिनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 एक समय मैले तिनीहरूलाई असल फल लागेको एउटा सुन्दर हरियो जैतुनको रूख भनी नाम दिएको थिएँ। तर अब बिजुलीको गर्जनसाथ म त्यसका पातमा डढेलो लाइदिनेछु र हाँगाहरू भाँचिदिनेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेहले तँलाई मौलाएको असल फलहरूको जैतुनको रूख भन्नुभयो। तर शक्तिशाली आँधीबेहरीको गर्जनले उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ; अनि त्यसका हाँगाहरू पूर्ण रूपमा भाँचिनेछन्। See the chapter |