यर्मिया 11:10 - पवित्र बाइबल10 ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिँड्न अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरू आफ्ना पिता-पुर्खाहरू, जसले मेरा वचन सुन्न इन्कार गरे, तिनका पापतिरै फर्किगएका छन्। तिनीहरू अरू देवताहरूको सेवा गर्न तिनीहरूका पछि लागेका छन्। मैले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई इस्राएलका घराना र यहूदाका घराना दुवैले भङ्ग गरेका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 मेरा वचनहरू सुन्न इन्कार गरेका आफ्नै पुर्खाहरूका पापतिर तिनीहरू लागेका छन्। तिनीहरूले विराना देवताहरू पुजेका छन्। इस्राएल र यहूदा दुवैले मैले तिनका पुर्खाहरूसित बाँधेको करार तोडेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू आफ्ना पितापुर्खाहरूका पापमा फर्किगएका छन्, जसले मेरो वचन सुन्न इन्कार गरेका थिए। तिनीहरू अन्य देवताहरूका पछि लागेका छन् र तिनीहरूको सेवा गरेका छन्। मैले तिनीहरूका पितापुर्खाहरूसित बाँधेको करारलाई इस्राएल र यहूदा दुवैले भङ्ग गरेका छन्। See the chapter |