न्यायकर्ता 4:9 - पवित्र बाइबल9 दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु, तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।” यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्त्रीको हातमा सुम्पिदिनुहुनेछ।” तब दबोरा उठिन् र बाराकसँग केदेशमा गइन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 उनले भनिन्, “हुन्छ, म तिमीसँग जाउँला तर तिमीले केही नाम पाउनेछैनौ, कारण परमेश्वरले सीसरालाई एउटी स्त्रीको हातमा पारिदिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशतिर लागिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दबोराले भनिन्, “निश्चय नै म तिमीसँग जानेछु। तर तिम्रो यस्तो व्यवहारले गर्दा तिम्रो सम्मानचाहिँ हुनेछैन। किनकि याहवेहले सीसरालाई एउटी स्त्रीको हातमा दिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशमा गइन्। See the chapter |