याकूबको पत्र 3:4 - पवित्र बाइबल4 जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पर्यो त्यतै लान्छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्कै फर्काउन सक्छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ। See the chapter |