Online Bible

- Advertisements -




यशैयाको पुस्तक 24:2 - पवित्र बाइबल

2 त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिक्नीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैंकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 जस्‍तो मानिसहरूको दशा हुन्‍छ, त्‍यस्‍तै पूजाहारीको पनि हुन्‍छ, जस्‍तो दासको त्‍यस्‍तै मालिकको, जस्‍तो दासीको त्‍यस्‍तै मालिक्‍नीको, जस्‍तो किन्‍नेको त्‍यस्‍तै बेच्‍नेको, जस्‍तो उधारो लिनेको त्‍यस्‍तै उधारो दिनेको दशा हुनेछ। जस्‍तो ऋण लिनेको त्‍यस्‍तै ऋण दिनेको हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 पूजाहारी र प्रजा, मालिक र कमारा, किन्‍ने र बेच्‍ने, ऋण लिने र दिने, धनी र गरीब सबैको भाग्‍य एउटै हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यस्तो हालतचाहिँ सबैका निम्ति एकैनास हुनेछ: जस्तो सर्वसाधारणको हालत, पुजारीहरूको पनि त्यस्तै हालत, जस्तो कमाराको हालत, मालिकको पनि त्यस्तै हालत, जस्तो कमारीको हालत, मालिक्नीको पनि त्यस्तै हालत, जस्तो किन्‍नेको हालत, बेच्नेको पनि त्यस्तै हालत, जस्तो ऋण दिनेको हालत, ऋण लिनेको पनि त्यस्तै हालत हुनेछ।

See the chapter Copy




यशैयाको पुस्तक 24:2

Follow us:

Advertisements


Advertisements