यशैयाको पुस्तक 22:9 - पवित्र बाइबल9-11 दाऊदको शहरका भित्ताहरू चर्किन थाल्नेछन् अनि तिमीहरूले चर्केका ठाउँहरू देख्नेछौ। यसैकारण तिमीहरू घरहरू गन्न शुरू गर्नेछौ, अनि ती घरहरूका ढुङ्गाहरू उपयोग गर्दै तिमीहरू भित्ताहरूमा चर्केको ठाउँमा टाल्नेछौ। तिमीहरू पुराना नदीहरूको पानी जम्मा गर्न दुइवटा भित्ताको माझमा ठाउँ बनाउने छौ अनि पानी जोगाउने छौ। तिमीहरू यी सबै कामहरू आफ्नै सुरक्षाका लागि गर्नेछौ। तर तिमीहरू परमेश्वरमाथि भरोशा गर्ने छैनौ जसले यी सबै कुराहरू सृष्टि गर्नु भयो। तिमीहरू उहाँको विषयमा फिक्री गर्ने छैनौ जसले यी सबै चीजहरू धेरै अघि सिर्जना गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्वालहरू रहेछन् भनी देख्यौ। तिमीहरूले तल्लो पोखरीमा पानी जम्मा गर्यौ। See the chapterसरल नेपाली पवित्र बाइबल9-10 यरूशलेमका पर्खालका मरमत गर्नुपर्ने ठाउँ खोजी निकाल्यौ। यरूशलेममा भएका सबै घरहरूको जाँच गर्यौ र कुनै-कुनै घर भत्काएर त्यहाँका ढुङ्गा सहरका पर्खाल मरमत गर्नलाई लियौ। पानी जगेडा गर्न See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तैँले दावीदको सहरका धेरै पर्खालहरूमा धाँदाहरू देखिस्; तैँले तल्लो पोखरीमा पानी जम्मा गरिस्। See the chapter |