Online Bible

- Advertisements -




यशैयाको पुस्तक 2:4 - पवित्र बाइबल

4 त्यसपछि परमेश्वर नै सबै जातिहरूकालागि न्यायाधिश हुनुहुनेछ। उहाँले विवादका कुराहरू मानिसहरूकै लागि अन्त गर्नुहुनेछ। ती मानिसहरूले लडाइँ गर्ने आफ्ना हात-हतियारहरू बन्द गर्नेछन्। तिनीहरूले आफ्ना तरवारबाट हलोको फाली बनाउनेछन्। अनि तिनीहरूका आफ्ना चलाउने भालाहरूबाट घाँस काट्ने हँसिया बनाउनेछन्। मानिसहरू एक अर्कोको विरूद्धमा लडाइँ लड्न छाड्ने छन्। मानिसहरूले फेरि कहिल्यै पनि युद्धकालागि तालिम लिने छैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 जातिहरू बीचका मुद्दाहरू उहाँले छिनोफानो गर्नुहुनेछ। तिनीहरूले आ-आफ्‍ना तरवार पिटेर हलोको फाली र भाला पिटेर हँसिया बनाउनेछन्। जाति-जातिहरूका बीच लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्‍यै युद्धको तयारी गर्नेछैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उहाँले राष्ट्रहरूका बीचमा न्याय गर्नुहुनेछ; अनि धेरै जतिहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।

See the chapter Copy




यशैयाको पुस्तक 2:4

Follow us:

Advertisements


Advertisements