यशैयाको पुस्तक 19:2 - पवित्र बाइबल2 परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा़ गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाईँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाईँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “म मिश्रीहरूलाई मिश्रीहरूकै विरुद्धमा सुर्याउनेछु। दाजुभाइको विरुद्धमा दाजुभाइ लड्नेछन्, छिमेकीको विरुद्धमा छिमेकी, सहरको विरुद्धमा सहर, र राज्यको विरुद्धमा राज्य। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमप्रभु भन्नुहुन्छ, “म मिश्रीहरूका बीचमा आपसमा लडाइँ गराउनेछु। दाजु भाइको विरुद्धमा, भाइ दाजुको विरुद्धमा खडा हुनेछ। छिमेकी-छिमेकीका बीचमा लडाइँ हुनेछन्। सहर-सहर आपसमा लड्नेछन्, राज्य-राज्यको विरुद्धमा लडाइँ हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य। See the chapter |