हिब्रू 9:28 - पवित्र बाइबल28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति। See the chapterसरल नेपाली पवित्र बाइबल28 त्यसरी नै धेरै जनाको पाप मेट्न ख्रीष्टको पनि एकपल्ट बलिदान भयो। उहाँ दोस्रो पटक पनि आउनुहुन्छ। त्यस पटक त उहाँ पाप मेट्न होइन तर उहाँको बाटो हेरेर बस्नेहरूलाई बचाउन आउनुहुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसरी नै ख्रीष्ट पनि धेरैको पाप उठाइलैजान एकै पल्ट बलिदान हुनुभयो; अनि दोस्रो पल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ। See the chapter |